एसईई दिएर फर्केका विद्यार्थी त्रिशूलीमा बेपत्ता


तस्विरःगुगलबाट ।

चैत,१२ गोरखा । । माध्यमिक शिक्षा परीक्षा (एसईई ) दिएर फर्केका एक विद्यार्थी त्रिशूली नदीमा बेपत्ता भएका छन् । गोरखाका १७ वर्षीय कमल बहादुर चेपाङ सोमबार एसईई परीक्षा दिएर नदीमा पौडी खेल्न गएका थिए । गोरखाको गण्डकी गाउँ पालिका ६ को भद्रकाली माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका उनी त्रिशूली नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार परीक्षा केन्द्र गण्डकी गाउँपालिका ७ घ्याल्चोकको ज्ञानमार्ग माविबाट एसईईको परीक्षा दिएको चेपाङ अनिवार्य नेपाली विषयको परीक्षा पछि साथीसँग किनमेलका लागि हिडेका थिए । बजार हिडेका उनी फर्केनन् । नदिमा बेपत्ता भएका चेपाङको खोजि प्रहरी , आफन्त लगायतले गरिरहेको प्रहरीले जनाएको छ । उनको परीक्षाकेन्द्र गण्डकी गाउँपालिका ७ घ्याल्चोकको ज्ञानमार्ग मावि हो।

विद्यालय नजिकै डेरा गरेर बसेका चेपाङ परीक्षा केन्द्रबाट सोमबारको अनिवार्य नेपाली विषयमा परीक्षा सके पछि किन मेलका लागि भन्दै साथीसँग धादिङको चरौंदी बजार हिँडेका साथीलाई उद्धृत गर्दै स्थानीय दीपक तिमिल्सिनाले जानकारी दिए । प्रहरी, स्थानीय बासिन्दा र आफन्तले साँझसम्म खोजतलास गर्दा पनि बेपत्ता चेपाङलाई पत्ता लगाउन सकिएको छैन ।

साभारःसिधाकुरा अनलाईन ।