नीर शाहले घोषणा गरे ‘एक्स पार्क’, कलाकारमा संभावना कसको ? (भिडियो)


भेट्रान निर्माता तथा निर्देशक नीर शाहले नयाँ प्रोजेक्ट ‘एक्स पार्क’ निर्माणको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा आईरहेको विभिन्न खबरको बारेमा फिल्मीखबरले राखेको जिज्ञाशामा शाहले आफ्नो निर्माणमा बर्ष २०७३ भित्रै नयाँ फिल्म बन्ने पुष्टि गरे ।
यो फिल्ममा उनी निर्माता मात्र हुनेछन् भने निर्देशनको जिम्मा आफ्ना पछिल्ला तीन फिल्ममा मुख्य सहायक निर्देशक रहेका परिच्छेद सेनलाई दिनेछन् । फिल्मको कथा पछिल्लो पुस्ताका चर्चित लेखक उपन्यासकार अमर न्यौपानेले लेख्नेछन् ।
‘सेतो धर्ती’ लेखक न्यौपानेको फिल्ममा भने यो फिल्मबाट डेब्यू हुनेछ । ‘विषयवस्तु सुन्दर छ, सुन्दर कल्पनालाई फिल्ममा उतार्नको लागी अमर न परिच्छेदको मुख्य भूमिका रहनेछ, परिच्छेदले सुनाएको कन्सेप्ट उत्कृष्ट लागेर लगानी गर्न तयार भएको हुँ, शाहले भने ।
आफु प्रायः ईतिहास अनि कालखण्डसँग जोडिएको विषयमा मात्र फिल्म बनाउन तयार हुनुको पछाडि त्यसप्रकारको विषयप्रतिको आफ्नो चाह,प्रेम र लगाब भएको बताए । फिल्ममा धेरै नयाँ र केहि पुराना कलाकारहरुको समिश्रण रहने समेत शाहले खुलाए ।
अ’हिले कलााकर छान्न भन्दा पनि कथा बलियो बनाउनेमा हाम्रो सोच  छ, नाम चलेका कलाकार भन्दा पनि नयाँ कलाकार पहिलो प्राथमिकतामा हुनेछन्’ शाहले भने ।
साभारः फिल्मी खबर