मिलन श्रेष्ठ, सुर्खेत,
२४ पुस । सुर्खेत
मेल्भिन्स जोन्स डेको अवसर पारेर सुर्खैतस्थित लायन्स क्लबहरुले आईतबार भैरव युवा सशक्तिकरण केन्द्रको संरक्षणमा रहेका बाल–बालिकाहरुको सहयोग गरेका छन् । लायन्स क्लब अफ सुर्खैत बुलबुलेको आयेजनामा भएको कार्यक्रममा एक महिनाका लागि पुग्ने गरेर खाधान्न सहयोग गरिएको हो । कार्यक्रममा चामल, दाल, तेल, चिउरा, भुजा लगायतका खाधान्न बितरण गरिएको हो ।
कार्यक्रममा एम्बेष्टर अफ गर्भनर एमजेएफ लायन बिजय पराजुलीले समाजमा कोही नभएका र केहि नभएकाहरुलाई सहयोग गर्नु लायन्सहरुको दायित्व र जिम्मेवारी रहेको बताए । उनले सामाजिक क्षेत्रमा लायन्स क्लबहरुलेव धेरै महत्वपूर्ण भुमिका खेलेको भन्दै सामाजिक कामको विस्तार गर्दे जानुपर्ने बतए ।
एरिया को–चिफ लायन सरस्वती बस्नेतले लायन्सका संस्थापक मेल्भिन्स जोन्सको प्रेरणाले धेरै सहयोगीहरु लायन्समा जोडिएको भन्दै सामाजिक कामका लागि सुर्खैत एरियामा रहेका लायन्स क्लबहरु अग्रणी स्थानमा रहेको बताइन् । सुर्खैतमा हुने हरेक सामाजिक अभियानमा हामीले नेतृन्वदायि भुमिका खेल्दै आएका छौं, उनले भनिन्, यसलाई आगामी दिनहरुमा पनि तिरन्तरता दिनुपर्छ ।
लायन्स क्लब अफ सुर्खेत बुलबुलेका अध्यक्ष भद्र भण्डारीले सडकमा दैनिकी बिताईरहेका बालकहरुलाइृ आश्रय दिएर भैरव युवा सशक्तिकरण केन्द्रले महत्वपूर्ण कामको सुरुवात गरेको बताए । उनले समाज सुधारका लागि यस्ता कामहरु महत्वपूर्ण हुने भन्दै यो अभियानमा सबैको साथ र समहयोगको खांचो रहेको औल्याए । उनले लायन्सका तर्फबाट निरन्तर सहयोग रहने पनि प्रतिबद्धता जनाए ।
भैरव युवा सशक्तिकरण केन्द्रका अध्यक्ष ललित भट्राईकाले सडकमा रात दिन बिताईरहेका १७ जना बालकहरुलाई आफुले आश्रय दिइरहेको बताए । यीनिहरुको शिक्षा, स्वास्थ्य मात्रै होईन्, बस्न र खानका लागि पनि सबैको साथ र सहयोगको हामीलाई खांचो छ, उनले भने, लायन्स जस्तै मनकारी संघ–संस्थाबात हामीले ठुलो अपेक्षा राखेका छौं ।
कार्यक्रममा फ्यामिली ओमन कोर्डिनेटर कल्पना कार्की, रिजन चियर पर्सन कमल नेपाल, डिस्ट्रिक चेयसपर्सन नवराज गुरुङ्ग, डिस्ट्रिक अफिसर मिलन श्रेष्ठ, लायन्स क्लब अफ सुर्खैत शिबबिहारका अध्यक्ष बालकुष्ण श्रेष्ठ, लायन्स क्लब अफ सुर्खैत भ्यालीका बिष्णु पौडेल, लायन्स क्लब अफ वीरेन्द्रनगरका उपेन्द्र सुवेदी, लायन्स क्लब अफ भैरवस्थानका गोविन्द शर्मा, लायन्स क्बल अफ सेरोफेरोका युवराज शर्मा, लायन्स क्लब अफ सिद्धपाइलाका चन्द्रा भट्राई, लायन्स क्लब अफ भेरीका मुकुन्दकुमार गिरी लगाएतको उपस्थिति रहेको थियो ।



Milan Shrestha । २४ पुष २०७४, सोमबार ०७:०२ बजे