सुर्खेत, १३ असार इलाका प्रहरी कार्यालय छिञ्चुले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । रुकुम भेत्मा गाविस ४ घरभई अहिले सुर्खेतको भेरीगंगा नगरपालिका ३ जहरेमा बस्दै अाएका तुलाराम थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सुराकीको आधारमा खानतलासी गर्दा घरमा लुकाइ राखेको पेस्तोल सहित उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका थापालाई इलाका प्रहरी कार्यालय छिञ्चुको हिरासतमा राखी थप अनुसन्धान भैरहेको सुर्खेतका प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठले वताएका छन ।
साभारः राराखबर अनलाइन



Prawash Kumar Shakya । १३ असार २०७३, सोमबार १३:१२ बजे