हरिकृष्ण कुमाई, जुम्ला
पौष २८
जुम्लामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको आज उपचारको क्रममा मृत्यु भएको छ । चन्दननाथ नगरपालिकाको वडा नम्बर ९ की वर्ष ४० की नरकली गिरीलाई हिजो २७ गते क १ प ४९ नम्बरको मोटरसाइकले ठक्कर दिएको थियो ।
दुर्घटना पछि चन्दननाथ नगरपालिकाको वडा नम्बर ६ का १९ वर्षिय मोटरसाइकल चालक टेकेन्द्र रोकाया र मोटरसाईकललाई प्रहरीको नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
विरामीको उपचार गर्दै गर्दा सुधार नभएपछि थप उपचारको लागी रिफर गरिएको भएपनि जहाँज ढिलो भएका कारण विरामीको मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



Prawash Kumar Shakya । २८ पुष २०७४, शुक्रबार १५:५९ बजे