सुन्दर नेपाल संस्थाको २७औं वार्षिक साधारण सभा सम्पन्न, सभामा डा. नवराज के.सी सम्मानित


१५ भाद्र, सुर्खेत । सुन्दर, आदर्श र समुन्नत समाजको परिकल्पना, समाज विकास, परिवर्तन र न्याय हाम्रो चाहना भन्ने मूल नाराका साथ सुन्दर नेपाल संस्थाको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष माननीय योगन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यता तथा सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुसालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
सभामा संस्थाका सचिव हिरामणि पौड्यालले प्रगति प्रतिवेदन पेश गर्दे संस्थाले संचालन गरेको भकारी परियोजना, मध्यवर्ति क्षेत्रमा जिविकोपार्जनका लागि नविकरणिय उर्जाको पहुँच REALiZe परियोजना, नवीकरणीय उर्जाको माध्यमबाट कृषिमा सुधार(ENRICH) परियोजना, स्वास्थ्य र विकासको लागि नगर सरसफाई (USHHD)परियोजना, नेपालमा डिजिटल प्रविधि पहँचमा लैङ्गीक अन्तर न्युनिकरण परियोजना, कृषि तथा पशु उद्यमशिलता विकास परियोजना, जलवायु परिवर्तन, ऊर्जा तथा वातावरण परियोजना, सुरक्षित पानी परियोजना, होप मानवीय सहायता परियोजना, भेरी पूर्व सूचना प्रणाली सहयोग कार्यक्रम, अनुकूलन व्यापकता प्रवद्र्धन, भिटा लगायतका १२ वटा परियोजनाहरु मार्फत कर्णाली र सुदुरपश्चिम प्रदेशका ६ वटा जिल्लाका करिब ७१७३३जना व्यक्ति लाभान्वित भएको जानकारी दिनुभयो ।

संस्थाले गत आर्थिक वर्षमा जम्मा९,६३,१८,७८६।३० (नौ करोड त्रीसठ्ठीलाख अठार हजार सात सय छयासी रुपैया पैसातीस) खर्च गरेको थियो भने आगामी वर्षका लागि १०,६१,७०,३१८।३२(दश करोड एकसठ्ठी लाख सत्तरी हजार तीनसय अठार रुपैया बत्तीस पैसा) प्रस्तावित आयव्यय पेश गरेको छ ।

यसैगरी गत आ.व. २०७९÷०८० मा उत्कृष्ठ कार्य गर्ने कर्मचारीहरु कार्यक्रम संयोजक ओम प्रकाश थापा र स्थानीय सहजकर्ता गोमा हमाललाई प्रशंसापत्र र दोसल्लाबाट सम्मान गरेको छ । यसैगरी साधारण सभाले स्वाथ्य, सरसफाइ तथा सामाजिक सेवा गरे सामाजिक अभियान्ता डा. नवराज के.सी लाई सम्मानपत्र र दोसल्लाबाट सम्मान गरेको छ ।

सभालाई सम्बोधन गर्दै प्रमुखअथिति कर्णालाी प्रदेश योजना आयोगका उपाध्यक्ष माननीय योगेन्द्र बहादुर शाहीले सुन्दर नेपाल संस्थाले सञ्चालन गरेका कार्यक्रमहरु अत्यन्तै प्रभावकारी भएको बताउनु भएको छ । कर्णाली प्रदेश प्राकृतिक स्रोत साधनले भरिपूर्ण भएको र त्यसलाई सहि सदुपयोग गर्न सकेमा मात्र कर्णाली प्रदेशको बिकास हने कुरा बताउनु भयो ।

विशेष अतिथि भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले सुन्दर नेपाल संस्थाले सामाजिक उद्यमी महिला सहकारी संस्थाहरु मार्फत पनि महिला कृषकहरुको पक्षमा निकै राम्रा कामहरु गरेको धारणा राख्नु भएको थियो । साथै एक अर्को प्रसङ्गमा उहांले सरकारको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई पुरा गर्नका लागि राज्य तथा संघ संस्थाहरु दुर दराजका बस्ती, गरीब, दलित तथा दीन दुखीहरुको बस्तीमा पुगेर काम गर्न सकेको खण्डमा मात्र समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुने कुरा बताउनु भयो ।

सभामा गैह्र सरकारी संस्था महासंघ, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, दातृ निकायका प्रतिधिहरुको उपस्थिति रहेको सभाको सहजीकरण संस्थाका कार्यकारी निर्देशक भुपेन्द्रप्रसाद कँडेलले गर्नु भएको थियो ।