४ जेठ,काठमाडौं- आन्दोलनकारी र प्रहरीबीच बालुवाटारमा झडप भएको छ। निषेधित क्षेत्र तोड्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो। झडपको पूर्ण विवरण आइसकेको छैन। नयाँ संविधानप्रति विमति जनाउँदै अाएका असन्तुष्ट दलसम्बद्ध संघीय गठबन्धनले राजधानीमा सुरु गरेको आन्दोलनको तेस्रो मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रित गरेको छ। यस अगाडि आइतबार र सोमबार सिंहदरबार प्रवेश क्षेत्र अवरुद्ध गरेको गठबन्धनले बालुवाटारमा धर्ना र प्रदर्शन गरिरहेका छन्।
साभारः नागरिक अनलाइन



Prawash Kumar Shakya । ४ जेष्ठ २०७३, मंगलवार ०६:२९ बजे