सुर्खेत काँक्रेविहार यातायातद्वारा कर्मचारी र सुरक्षाकर्मीलाई राहत हस्तान्तरण


२९ चैत्र, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) को महामारीले देश लकडाउनको स्थितीमा दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्न गाह्रो भएका आफ्ना कर्मचारीहरुलाई तथा सुरक्षाकर्मी र ट्राफिक प्रहरीलाई आज सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.ले आज राहत वितरण गरेको छ ।

प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले आफ्नो संस्थामा कार्यरत ३५ जना कर्मचारीहरुलाई राहत वितरण गरेको बताउनुभयो । राहतमा २५ केजीको १ कठ्ठा चामल, दाल ३ केजी र १ पोका तेल दिएका छौ । साथै हामीले सबैलाई एकैठाँमा बोलाएर दिँदा भिडभाड हुनेभएकोले सम्बन्धित कर्मचारी मजदुरहरुको घरमा नै पुगी राहत वितरण गरेका छौ । अध्यक्ष सापकोटाले भन्नुभयो ।

त्यस्तै हामीले सुरक्षाकर्मीहरुकालागि जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई प्रशोधित पिउने पानी ५० पेटी र खाजाकालागि ४५ कार्टुन चाउचाउ र ट्राफिक प्रहरीहरुकालागि २० पेटी पानी र १५ कार्टुन चाउचाउ हस्तान्तरण गरेकाछौ । हाम्रो यो कार्यले हाम्रा कर्मचारी एवं सुरक्षाकर्मी साथीहरुको काममा मनोबल उच्च हुनेछ भन्ने हामीले विश्वाश लिएका छौ । अध्यक्ष सापकोटाले बताउनुभयो ।