जन्मदिनमा असहाय अनाथलाई सहयोग


कुमार शम्सेर थापा

३१ बैशाख, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस कोभिड १९ को महामारीले देश लकडाउनमा रहेको वेला सामाजिक सञ्जाल फेसबुकको चर्चित समूह मोटे ग्याङ्ग नेपालको सहकार्यमा वीरेन्द्रनगरमा रहेको साझा घर नेपाललाई सहयोग सामाग्री हस्तान्तरण गरिएको छ ।

नेपाली सेनाका सेनानी अशोक शाहीले आज आफ्नो जन्मदिनको उपलक्ष्यमा मोटे ग्याङ्ग नेपाल संग सहकार्य गरि लकडाउनको यो समयमा असहाय अनाथहरु आश्रित साझा नेपाललाई केही खाद्य सामाग्री दिनुभएको हो । त्यस्तै भैरव युवा सशक्तीकरण केन्द्र वीरेन्द्रनगर ३ पतेनीमा रहेका सडक बालबालिकाहरुलाई केहि थान कपडा २ पेटि चाउचाउ वितरण गर्नुभएको छ ।

लकडाउनको समयमा मानवीय कार्य गर्नुभएकोमा सेनानी अशोक शाहीलाई मोटे ग्याङ्ग नेपालले धन्यवाद व्यक्त गरेको छ ।