
असोज २४, सुर्खेत ।
छिमेकी मुलुक चिनसँग सिमाना जोडिएको कर्णाली प्रदेशमा पहिलो पटक अध्यागमन कार्यालय स्थापना भएको छ । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले मंगलवार हुम्लाको हिल्सामा अध्यागमन कार्यालय उद्घाटन गरे संगै औपचारिक रुपमा कर्णाली प्रदेश अन्तराष्ट्रिय वजारसंग जोडिएको छ ।
अध्यागमना कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापा बादलले हिल्सा नाकामा अध्यागमण कार्यालको स्थापना पछि कर्णाली प्रदेश संगै पश्चिम नेपालको समृद्धीको ढोका खुलेको बताउनुभयो । गृहमन्त्री थापाले हिल्सा नाका हुम्ला जिल्लाको मात्र नभई कर्णाली प्रदेश र नेपालकै आशालाग्दो व्यापारिक नाकाको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको अन्तराष्ट्रिय ब्यापार प्रवद्र्धन तथा समृद्धिमा हिल्सा नाकाले महत्वपुर्ण भुमिका खेल्ने भन्दै गृहमन्त्री थापाले मित्र राष्ट्र चीनको विकासमा यसले योगदान गर्ने वताउनुभयो । उहाँले हिल्सा नाका छिमेकी देश चीन, भारत हुँदै युरोपसँग पनि जोडिने भएकाले यसको आफ्नै महत्व रहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा वोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिल्साको अध्यागमन कार्यालय स्थापना संगै कर्णाली प्रदेशको समृद्धिका लागि वाटो खुलेको वताउनुभयो ।
भन्सार, अध्यागमन, क्वारेनटाईन, सीमा प्रहरी बलको कार्यालयका लागि पुर्वाधार बिकास गर्न प्रदेश सरकारले चार करोड बजेट बिनियोजन गरेको बताउँदै मुख्यमन्त्री शाहीले चालु आर्थिक बर्षमै निर्माण कार्य पुरा गर्ने बताउनुभयो । उहाँले पुर्वाधार निर्माणमा वजेट अभाव भए थप वजेट व्यवस्था गर्न प्रदेश सरकार तयार रहेको पनि वताउनुभयो ।
मुख्यमन्त्री शाहीले यो महिनाको पहिलो साता गरेको चिन भ्रमण लगत्तै सिमानाकामा भन्सार कार्यालय स्थापना भएको छ । मुख्यमन्त्री शाहीले भ्रमणका क्रममा चिनसंग सिमानाका संचालन, हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माण लगायतका विषयमा संवाद गर्नुभएको थियो ।
अध्यागमन कार्यालयको उद्घाटनमा गृहमन्त्री थापासंगै मुख्यमन्त्री महेन्द्रवहादुर शाही, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, समाजिक विकास मन्त्री दल रावल, गृह सचिव, भन्सार विभागका महानिर्देशक, लगायत १५ जनाको टोली हुम्लाको सिमकोट हुँदै हिल्सा पुगेको थियो ।



Milan Shrestha । २४ आश्विन २०७५, बुधबार १३:०२ बजे