पर्यटन मन्त्रीलाई ज्ञापनपत्र


 

१३ असार काठमाण्डौ
नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय समितिले पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई नौं बुँदे ज्ञापनपत्र बुझाएको छ ।
पर्यटन क्षेत्रमा क्रियाशील पत्रकारहरुको पेशागत सुरक्षा, क्षमता अभिवृद्धिको साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आवश्यक पूर्वाधार र प्रवद्र्धनको कार्यलाई तीव्रता दिन ज्ञापनपत्र बुझाइएको हो ।
संघबाट ज्ञापनत्र बुझ्दै पर्यटन मन्त्री रवीन्द्र अधिकारी पर्यटन प्रवद्र्धनका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भएकाले ज्ञापन पत्र कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
संघका केन्द्रीय अध्यक्ष धनिराम शर्माको नेतृत्वमा गएको टोलीले मन्त्री अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।