१४ भाद्र, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विहान कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. १, नाग्माबजारमा गएको सुख्खा पहिरोमा परी भएको ठुलो मानवीय क्षतीप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री शाही उक्त पहिरोका कारण हालसम्म ५ जनाको निधन भएको, केही संख्यामा हराईरहेको र २ जना घाईते भएको घटनाले निकै स्तव्ध भएको शोक विज्ञप्तीमा उल्लेख छ ।
उक्त प्राकृतिक विपदमा परी निधन हुनुभएका सवैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त मुख्यमन्त्री शाहीले शोकमा रहनुभएका परिवारजनप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
कोरोना कहरका विच श्रृंखलावद्ध रुपमा भईरहेका प्राकृतिक विपदका घटना र त्यसवाट भईरहेको मानवीय क्षती प्रति मुख्यमन्त्री शाहीले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । साथै उहाँले प्राकृतिक विपद जोखिम क्षेत्रबाट वसोवास सार्न, आवश्यक सुरक्षा सतर्कता अपनाउन स्थानीयवासीहरुलाई आग्रह गर्नुभएको छ ।




Prawash Kumar Shakya । १४ भाद्र २०७७, आईतवार १९:३१ बजे