बिस्नप्रसाद न्यौपाने ।
कालिकोट माघ १२
कालिकोट जिल्ला सहित कर्णाली अञ्चलका बिभिन्न जिल्लामा भएको हिमपातले हिमालहरु रमणीय बनेका छन् । हिउँदे बर्षा सँंगै लेकाली भेकहरुमा हिमपात भएकाले कालिकोट जिल्लाका डाँढाकाँडाहरु हिउँले सेताम्मे भएर निकै रमणीय देखिएका छन् । मंगलबार रातिदेखि वर्ष भएपछि बुधबार हिमपात भएको कालिकोट जिल्लाको कालिका गाँउपालिकाको चंखेली हिमालको दृश्य निकै रमणीय बनेको छ । लामो समयसम्मको खडेरी पछि बुधबार बर्षा सँगै हिमपात हुँदा स्थानिय किसानहरुमा खुसीको किरण छाएको छ ।
जिल्लाको कालिका गाँउपालिकाको चंखेली हिमाल, तिलागुफा नगरपालिकाको रुडुभन्चु पर्यटकिय क्षेत्र, खाँडाचक्र नगरपालिकाको चुली हिमाल, रास्कोट नगरपालिकाको लेकाली क्षेत्री त्रिबेणी पाट, पचालझरना गाँउपालिकाको बड्डादुन पाटन, पचालझरनाको लेक, पलाता गाँउपालिकाको चिनारासी लेक लगायतका पर्यटकिय क्षेत्रहरु हिमपातका कारण सेताम्मे भएको स्थानियवासीले बताएका छन् ।
‘लामो समयपछि पानी पनि पर्यो । पानीसँगै हिमपात पनि परेर चिसो बढेको छ ।’ रास्कोट नगरपालिका २ निवासी हंशराज न्यौपानेले भने, बर्षोनी मंसिरमा देखिनेे हिउ ‘यो वर्षबल्ल देख्न पाइयो ।
बर्षा सँगै परेको हिमपातले कालिकोटका लेकाली भेकहरुमा चिसो बढेर जनजीवन प्रभावित भएको छ । चिसोको समयमा बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित भएका छन् । खडेरीले हिउँदेबाली सुक्नै लागेका बेला भएको बर्षाले बालीनालीलाई फाइदा भएको छ भने कतिपय आकाशे पानीको भरमा खेती गर्ने किसानहरुको बाँझो जग्गामा गहुँ खेती हुने जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ । बिशेषगरी स्याउ खेती, सुन्तला खेती लगायतका फलफुल खेतीका लागि पनि हिमपातले फाईदा पुग्ने भएको छ ।



Milan Shrestha । १२ माघ २०७४, शुक्रबार ०३:२८ बजे