बगैंचा व्यवस्थापन व्यस्त स्याउका किसान


अविरल ढकाल, जुम्ला
माघ १५,
पौष दोस्रो साता देखि फागुन पहिलो साता भित्र सम्म स्याउ वगैँचा व्यवस्थापन गर्ने उपयुक्त समय मानिन्छ । यति वेला जुम्लाका स्याउ किसानहरु स्याउका विरुवा नयाँ रोप्ने, काट् छाट् गर्ने, काटेको ठाँउमा वोडो मिक्चर लगाउन, विरुवालाई मल खात गर्न र सिचाई गर्ने वेला हो ।

उत्पादन भएको स्याउलाई संकलन गरि सके पछि स्याउको विरुवा सुस्त हुन्छ । यो भनेको अर्काे वर्ष उत्पादन गर्नको लागि विरुवाले गर्भधारण गर्ने समय पनि हो ।

चन्दननाथ नगरपालिका २ का स्याउ किसान शेरबहादुर भण्डारीले भने, यो समय नै मल खात दिने समय हो, काट्छाट् गर्ने समय पनि हो, यो समयमा विरुवा सुस्त हुन्छ । विरुवालाई काट्छाट् गर्दा पनि विरुवालई असर नपर्ने भएकोले विरुवा काट्छाट्को उपयुक्त समय हो । यदि हामीले समयमा नै विरुलाई काट्छाट्, मल खात र सिचाई गर्न सकेनौ भने किसानहरुले सोचे जस्तो उत्पादन दिन विरुवारुलाई कठिन पर्दछ ।

किसान भण्डारीले भने, रङ्गले भरिपूर्ण, उत्पादनमा वृद्धि र गुण स्तरिय स्याउ फलाउनको लागि वगैँचा व्यवस्थापन गर्न जरुरी हुन्छ । यसको साथै विरुवाको वरिपरि एक मिटर गोलो रिङ्ग बनाएर मल र पानी सिचाइ गर्ने सकेमा सोेचे जस्तै उत्पादन गर्न सकिन्छ । यसले गर्दा “ए” र “बी” ग्रेडको स्याउ धेरै उत्पादन विरुवाले दिन्छ । यसले गर्दा किसानको आम्दानीमा वृद्धि हुने र उत्पादित स्याउले पनि बजार भाउ राम्रो पाउने सम्भावना हुन्छ किसान भण्डारीले भने ।

प्रत्येक वर्ष किसानहरुले स्याउ वगैँचा व्यवस्थापन गर्नु पर्छ । वगैँचा व्यवस्थापनले किसानलाई नै फाइदा हुँदा प्रत्येक विरुवालाई १० केजीका दरले मल खात गर्नु पर्छ भण्डारीले भने । खडेरी पर्‍यो भने लगातार असार महिना सम्म विरुवालाई सिचाई गर्नु पर्ने स्याउ किसान भण्डारीले बताए ।

यस वर्ष मात्र ३० हजार विरुवा उत्पादन गरिको थियो प्रति विरुवाको सरकारी दरको मुल्य ४० रुपैँया र व्यक्ति मुल्य दर १ सय ५० रुपैँयामा विक्रि हुने गरेको चन्दननाथ १० का स्याउ किसान अम्मर बहादुर रावतले बताए ।

जिल्लामा २०६ जना किसानले नर्सरी नै दर्ता गरि स्याउका विरुवा उत्पादन गर्ने गरेका छन । जुम्लाका किसानहरुले स्याउ संगै स्याउका विरुवा बाट पनि आम्दानी गर्ने गरेका छन् । जुम्लामा उत्पादन भएका स्याउका विरुवा कालिकोट, बाजुरा, दार्चुला, सिन्धुपाल्चोक, मुगु, डोल्पा, र रुमुक जिल्ला सम्मका किसानहरुले जुम्ला बाट स्याउका विरुवा खरिद गर्ने गरेको किसान रावतले बताए ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत बालकराम देवकोटाले भने, वास्तवमा मान्छेले स्याउ भन्ना वितिकै जुम्लालाई सझिन्छन् । किसानहरुले स्याउ संकलन गरि सके पछि भदौँ देखि फागुन सम्म विरुवा सुस्त हुन्छ, यो भनेको विरुवालाई काट्छाट् गर्ने समय र विरुवाले गर्भधाररण गर्ने समय पनि हो । गुुणस्तरको स्याउ उत्पादनका लागि स्याउ वगैँचा व्यवस्थापन गर्न आवश्यक हुन्छ । पुष महिना देखि फागुन महिना सम्म वगैँचा व्यवस्थापन गरि सक्नु पर्ने कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत बालकराम देवकोटाले बताए ।

पहिलेको भन्दा २/३ वर्षदेखि किसानहरुले वगैँचा व्यवस्थापन गर्नमा जागुरुक भएकाछन् । अहिले जिल्ला कृषि विकास कार्यालयले प्राविधिक सहितको टोली किसानहरुको स्याउ वगैँचामा गएको छन् किसानहरुलाई प्रोत्साहन गर्नको लागि व्यवसायिक किसानलाई सिचार्इको लागि हिउँ पोखरी अनुदानमा दिएको समेत योजना अधिकृत देवकोटाले बताए ।