
पवन जायसवाल
२४ असार, नेपालगञ्ज । (बाँके) । कल्पना फाउण्डेसन नेपाल साहित्य विभागको आयोजनामा कृतिकारद्वय कथाकार चरित्रा शाहको तातेताते र बोधराज प्याकुरेलद्वारा प्रकासित कृति शङका कृति माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
फाउण्डेसनको साहित्य विभागको आयोजनामा “कल्पना फाउण्डेसनको पहिचान, साहित्य र समाज सेवा हाम्रो पहिचान” मूल नाराका साथ आयोजित कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख डम्बर बिक तुफानले पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गर्नुभएको कार्यक्रममा छबिलाल खडकाले बोधराज प्याकुरेलको कृति शंङ्का र कथाकार चरित्रा शाहको तातेताते कृतिमाथि पुस्कर रिजालले समिक्षा गर्नुभएको थियो ।
ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुराका क्याम्पस प्रमुख चरित्रा शाह र ज्ञानोदय माध्यमिक बिद्यालय खजुराका शिक्षक पनि हुनु हुन्छ उहाँहरुले यस्तो मेहनत गरी कृति प्रकासित गर्नुभएकोमा धन्यादवाद दिदैं यस किसिमको कृति अझ प्रकासित गरुन हाम्रो खजुराको अलग पहिचान हुन्छ भन्दै बिचार व्यक्त गर्नुभएको थियो । त्यस्तै दुबै कृतिमाहरु माथि नविन अभिलाषीले परिचर्चा गर्नुभएको थियो ।
कल्पना फाउण्डेसन नेपालकी सदस्य गीता अर्यालले सहजीकरण गर्नुभएको कार्यक्रममा इन्दिरा गौतम स्वागत गर्नुभएको थियो ।
Milan Shrestha । २४ असार २०८१, सोमबार १६:५८ बजे