पशु विमा गर्न किसानहरु आकर्षित


अविरल ढकाल, जुम्ला
माघ १८
विभिन्न प्राकृतिक प्रकोप तथा रोगब्याधीबाट पशु मरेमा हुने क्षतिकोे राहत पाउने भएपछि पशु बीमाप्रति किसानहरु आकर्षित भएका छन् । सरकारले ७५ प्रतिशत अनुदानमा किसानहरुको पालेका पाल्तु चौपाया बाट हुने क्षतिलाई कम गर्नको लागि विमा गर्ने अभियान जुम्लामा चलाएको छ ।

सरकारको यो कार्यले सम्पूर्ण किसानहरु हर्षित भएको किसान मुनबहादुर भण्डारीले भने । विभिन्न प्रकोप बाट र विभिन्न रोग बाट पालेका पाल्तु जनावर मर्ने र किसानहरु व्यवसाय बाट नै पलायन हुने गर्थे तर वीमा नीतिले किसाल लाई धेरै राहात पुग्ने भण्डारीले बताए ।

जिल्ला पशु सेवा कार्यालय जुम्लाका पशु प्राविधिक नरसिंह थापाले भने, हाल जिल्लाका किसानहरुले उन्नत जातको गाई, घोडा, खच्चड, भैसीँ, भेडा बाख्रा र गोरुको विमा गर्ने गरेका छन् । विमा गरे वाफत लाग्ने रकमको ७५ प्रतिशत रकम नेपाल सरकारले तिर्ने र २५ प्रतिशत रकम किसानले तिर्ने व्यवस्था छ ।

२०७० साल जुम्लामा भएका दैविक प्रकोप बाट एक सय छपन्न जना किसान पालेका पशु बस्तु मर्दा विस्थापित भएका थिए । यदि वीमा गरेको भए उनी किसानहरु आफ्नो व्यवसायबाट विस्थापित हुदैन थिए पशु प्राविधिक थापाले बताए ।

जुम्लाका अधिकांश खर्कहरु पाटन क्षेत्रमा भएकाले एक खर्क बाट अर्काे बाटो नभएको, पशुहरुलाई खानेपानी नभएको, खोला माथि पुल पनि भएको खोला तर्न समस्या र पानीमा ओत लाग्ने ठाँउहरु नहुदाँ जुम्लाका किसानका विगतका वर्षरुमा धेरै पशु चौपायको क्षति भएको जिल्ला पशु सेवा कार्यालय जुम्लाका चित्किसक केशव भट्टले बताए । उनले भने अव जुम्लामा खर्क सुधार गर्नु पर्छ । नेपाल सरकारको नीतिनै मासु, माछा, दुध, दह्री, अण्डा र फलफुलमा आत्मनिर्भर हुने नीतिमा नै छ यसको लागि जुम्लाको खर्क सुधार हुनु जरुरी भएका भट्टले बताए ।

पहिलो चरणमा नै ३ सय १५ जना किसानहरुले पशुवस्तुको बिमा गरेको पशु गरेका छन् । पशु विमा गर्ने जिम्मा शिखर इन्सुरेन्स कम्पनीले लिएको छ ।