
सुर्खेत, १६ भदौ । मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम सुर्खेत एक महिनादेखि प्रहरी प्रमुख विहिन भएको छ । एसपीको दरवन्दी रहेको सुर्खेतमा अहिले डिएसपीले निमित्त प्रमुख भएर काम गरिरहनु भएको छ । सुर्खेतका प्रहरी प्रमुख वीरेन्द्र श्रेष्ठ गत साउन १७ गते सरुवा भएर काठमाडौ गएपछि अहिलेसम्म नयाँ एसपी आएका छैन । लामो समय प्रहरी प्रमुख नहुदा जिल्लाको शान्ति सुरक्षा र अन्य काम कारवाहीमा केही समस्या परेको प्रहरीले जनाएको छ ।
निमित्त प्रहरी प्रमख डिएसपी बहादुरजङ्ग मल्लले अहिलेसम्म को एसपी आउने भनेर कुनै टुंगो नभएको वताउनु भयो ।
उहाँले भन्नुभयो एसपीको दरवन्दी भएको जिल्लामा पक्कैपनि एसपी आउनु हुन्छ तर कहिले र को आउनु हुन्छ भन्ने अहिलेसम्म एकीन छैन । एक महिनादेखि जिल्ला प्रहरी प्रमुख विहिन भएपनि सुर्खेतमा अहिलेसम्म कुनैले पनि नयाँ प्रहरी प्रमुख छिटटै ल्याउनु पर्छ भनेर आवाज उठाएको पाइदैन ।
साभारः राराखबर अनलाइन
Prawash Kumar Shakya । १६ भाद्र २०७३, बिहीबार १६:३० बजे