कांग्रेसको हार नभएको थानीको जिकिर
कृष्णराज धमाला
२० माघ । सुर्खेत । नेपाली कांग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले ६ नं. प्रदेश मूलुककै सम्पन्न प्रदेश बनाउन सकिने विस्वास ब्यक्त गरेका छन् ।
रिपोटर्स क्लब नेपाल प्रदेश नं ६ ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थानीले यहाँ भएका चुनौतिहरुलाई सामना गर्न सके तमाम् अबसरहरु प्राप्त गरी समृद्ध प्रदेश बनाउन सकिने बताए । प्रशासनिक केन्द्रहरु एउटै ठाउँमा राख्ने पहल गर्नु पर्ने भन्दै केन्द्रिय सदस्य थानीले प्रदेशका दशवटै जिल्लाहरु कठिन परीस्थितिमा गुज्रिन बाध्य भएपनि बिधुत्त उत्पादन, पर्यटन विकास, सडक सञ्जाल बिस्तारमा बिशेष भूमिका निर्बाह गर्न सके सम्पन्न प्रदेश बन्न धेरै समय कुर्नुनपर्नेमा जोड दिए ।
प्रदेश इन्चार्ज लंकराज धमालाको अध्यक्षतामा सम्पन्न साक्षात्कारमा बोल्दै पूर्ब गरीबि निबारण तथा सहकारी मन्त्री समेत रहेका थानीले प्रदेश सरकारले राम्रो काम गरे हामी सहयोग गर्न तयार रहेको भन्दै केही तलमाथि गर्न खोजे प्रमुख प्रतिपक्षका हिसाबले जनतामाझ जान बाध्य हुने दाबी गरे । अब बन्ने मुख्यमन्त्रीले मनोमानी गरे, प्रतिपक्षलाई बेवास्ता गरे फलामको च्यूरा चपाउनु सरह हुने भन्दै सबै सँग सहकार्य गर्न सुझाव समेत दिए ।
क्षेत्रिय अस्पताल, विश्वबिद्यालय तथा प्रदेश ६ स्थापना गर्न आफूले बिगतमा महत्वपूर्ण भूमिका निर्बाह गरेको स्मरण गराउदै पूर्व मन्त्री थानीले सञ्चारको विकास बिना कुनै पनि समाजको विकास नहुने भएकाले सञ्चारकर्मीहरुले इमान्दार पूर्वक सूचना प्रबाह गरी नागरीकहरुलाई सही सूचना दिनपनि आग्रह गरे ।
चुनावमा कांग्रेसको हार नभएको जिकिर गर्दै उहाँले दुइ बामपन्थि दलको गठबन्धनका कारण पराजय हुनु परेपनि पाँच बर्षम्म प्रतिपक्षमा रही अर्थपूर्ण कार्य सूचारु गर्ने पनि बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले राज्य सञ्चालनमा प्रेसको अहंम् भूमिका हुने हुदाँ प्रदेश नं. ६ लाई सम्पन्न गर्न भूमिका खेल्न आग्रह गर्दै इमान सहितको पत्रकारीता गर्न आग्रह गरे ।



Milan Shrestha । २० माघ २०७४, शनिबार १२:०८ बजे