लकडाउन जेठ ३२ गते सम्म लम्वियो, आवश्यक ठाँउमा सेना परिचालन गरिने


१७ जेठ, काठमाडौं । विश्वव्यापी कोरोना भाइरस (कोभिड-१९)को महामारीलाई मध्यनजर गर्दै यही जेठ २० गते सम्म जारी लकडाउनलाई सरकारले संक्रमण फैलिन नदिन भन्दै लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।

आज शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई लम्ब्याउने निर्णय गरेको हो । साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन आगामी असार १६ सम्म बन्द गरिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय समेत गरेको छ ।