सुर्खेत, २१ चैत ।
पैसाको प्रलोभन देखाएर बालिका बलात्कार गर्ने एक व्यक्तिलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । २० रुपैयाँको प्रलोभन देखाएर नौ वर्षिय बालिका बलात्कार गर्ने वीरेन्द्रनगर १८ का प्रेमबहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

दमाइले नाम परिवर्तित रिमालाई २० रुपैयाँको प्रलोभन देखाएर आफ्नो कोठामा लिएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रिमा पसलमा आएका मौका छोपेर आफ्नो कोठामा बोलाएर उनलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी बहादुर जंग मल्लले जानकारी दिए ।
उनका अनुसार आरोपित प्रेमलाइ आइतबार सुर्खेत जिल्ला अदालतमा तीन दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ । रिमाले प्रेमले बलात्कार गरेका भन्दै प्रहरी कार्यालयमा उजूरी दिएकी थिइन ।
सभारः अनलाइन सुर्खेत

Milan Shrestha । २१ चैत्र २०७२, आईतवार १७:२६ बजे