कोरोना संक्रमण एकैदिन २३९ जनामा


१९ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण आज एकैदिन २३९ जनामा पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको थियो भने साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ ।

त्यस्तै कर्णालीमा कोरोना संक्रमितको संख्या २३३ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ । नयाँ संक्रमितहरु सुर्खेतका १६ जना, दैलेखका ९ जना र सल्यानका १० जना रहेको बताइएको छ ।