अटोलाई ठक्कर दिएर बस फरार, बसको खोजी कार्य जारी ।


१५,मंसिर सुर्खेत । मंगलगढी–यरिचौक सडक खण्डको चाइना पुलमा सांझ अटोलाई ठक्कर दिएर बस फरार भएको छ । मंगलगढीचौकबाट यरिचौकतर्फ जाँदै गरेको भे. १. ह. १५२८ नम्बरको अटोलाई ठक्कर दिएर बस फरार भएको हो ।

अटो पुलबाट तल खोर्के खोलामा खसेको छ भने अटो चालक दैलेख भैरवी गाउँपालिका–४ हाल वीरेन्द्रनगर–४ भैरवस्थानका ३४ वर्षीय कर्णबहादुर थापा घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार घाइते थापाको बायाँ खुट्टा भाँचिएको र हाल उनको सुर्खेत अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण नखुले पनि फरार बसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
साभारःनेपालरैबार ।