प्रधानमन्त्री देउवाद्वारा अस्पताल उद्घाटन


अविरल ढकाल, जुम्ला
माघ २८
कर्णालीको गौरव आयोजनाका रुपमा रहेको पश्चिम नेपालकै ठुलो ३ सय शैया अस्पतालको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेकाछन् ।

अस्पतालको उद्घाटन लगतै प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो । उद्घाटनका क्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारमा रहेका विरामीलहरुलाई फलफुल समेत वितरण गरेका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई नेपाल सरकारले जुन सुकै समयमा पनि सहयोग गर्ने प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले बताए ।

२०७२ पौष ४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आगलागीको छानविन गर्न निर्देशन समेत दिए ।

त्यस्तै स्वास्थ्यमन्त्री दिपक बोहोराले कर्णालीमा ६ नम्वर प्रदेशकै स्वास्थ्य क्षेत्रको राजधानी बन्न सक्ने पूर्वाधार जुम्लामा तयार भएको बताउँदै कर्णाली जस्तो दुर्गम क्षेत्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो विश्वविद्यालय स्तरको अस्पताल निर्माण हुनु कर्णालीबासीको सौभाग्य हो । साथै स्वास्थ्य मन्त्रालयले आगामि दिनमा प्रतिष्ठानको लागि आवश्यक पर्ने पूर्वाधार लगायत जस्तो सुकै सहयोग गर्न तयार हुने स्वास्थ्यमन्त्री बोहोराले  ।

जुम्ला प्रदेश (क) का सांसद तथा प्रतिष्ठान पहल समितिका संयोजक नरेश भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना पूर्व कैया कर्णालीबासीहरुले उपचारको अभावमा मृत्य वरण गर्न बाध्य थिए । अव कर्णालीबासीले उपचारको अभावमा ज्यान गुमाउनु पर्ने छैन । एक चक्की सिटामोलको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था थियो तर त्यो अवस्थालाई चिरदै अहिले जटिल रोग तथा शल्यक्रिया जुम्लामै हुने गरेको संसाद भण्डारीले बताए ।

स्वास्थ्य मन्त्रालयकी सचिव डाक्टर पुस्पा चौधरीले भनिन् गुणस्तरको स्वास्थ्य सेवा दिनको लागि गुणस्तरको शिक्षाको आवश्यक पर्ने भएको र यो दुवै कुराको पुरक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा हुने बताईन । उनले भनिन् संविधानले दिईका स्वास्थ्य सुविधाहरुलाई कर्णालीबासीले उपभोग गर्न पाउने र सवै आधारभुत स्वास्थ्य सुविधा निशुल्क पाउने समेत बताईन् ।

उद्घाटनको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समयमा नै निर्माण कार्य सम्पन्न गर्ने रसुवा जेभि कन्सट्रक्सन र रगत अभाव भएको समयमा प्रतिष्ठानलाई रक्तदान गर्ने २४ नंं. बाहिनी अड्डा जुम्लालाई सम्मानित गरिएको थियो ।

प्रतिष्ठानको भवन रसुवा जेभि कन्सट्रक्सनले ३ सय शैया अस्पतालको लागत इस्टमेट ९१ करोड भएपनि टेन्डर प्रक्रियामा झण्डै ७६ करोडमा निमार्ण सम्पन्न गरेको हो ।