
सुर्खेत, ११ असार । प्रहरी प्रशासनले काउन्टर हटाएर आफ्ना पदाधिकारिलाई मुद्दा लगाउने धम्की दिनु सिन्डिकेट लाई प्रोत्साहन गरेको सिद्धापाईला यातायात सेवा प्रा.लि.ले बताएको छ ।
सोमवार वीरेन्द्रनगर सुर्खेतमा सिद्धापाईला यातायात सेवा प्रा.लि.ले पत्रकार सम्मेलन गर्दै आफुहरुको काउण्टर प्रहरी प्रशासनले हटाएको भन्दै त्यसको विरोध समेत गरेको छ ।
प्रहरी आँफैले सिन्डीकेटलाई प्रोत्साहन गरेको भन्दै यातायात सम्वद्ध कर्मचारीले स्वतन्त्र रुपमा यातायात सञ्चालन गर्न पाउने हकको उल्लंघन गरेको बताए ।
वीरेन्द्रनगरमा रहेक साना गाडी र अटोरिक्सा संचालनमा ल्याएको सिद्धापाईला यातायात सेवा प्रा लि को काउण्टर प्रहरी प्रशासनले हटाएर मजदुर समेतलाई नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रहरीको यस किसिमको कार्यको विरोध गर्दै यातायातले आँफुहरुलाई काउन्टर राख्न दिनुपर्ने र नभए आँफुहरुले कडा आन्दोलन गर्ने समेत जनाएको छ ।
सिद्धापाईला यातायात सेवा प्रा लि को सम्पर्कमा रहेर झन्डै ३ सय ५० साना गाडि र अटो चल्ने गरेको अध्यक्ष वनले बताएका छन् ।
यता सुर्खेत प्रहरीले भने ट्राफिक प्रहरी विट नजिकै काउन्टर राखिएकाले त्यसलाई हटाइएको जनाएको छ । सुर्खेत प्रहरी प्रमुख उमाप्रसाद चर्तुवेदीले पटक–पटक काउन्टर नराख्न अनुरोध गर्दा समेत अटेर गरेकाले त्यसलाई हटाई यातायात सम्वद्ध कर्मचारीलाई नियन्त्रणमा लिइएको बताए । ट्राफिक प्रहरी प्रमुख हरिबहादुर वि.सी.ले आँफुहरुले यातायातमा कुनै पनि सिण्डिकेट नलगाइएको उल्लेख गर्दै आँफुहरुले व्यवस्थापनमा समस्या हुने देखेर काउन्टर हटाउन लगाएको बताए ।
साभारः देउती खबर ।



Milan Shrestha । ११ असार २०७५, सोमबार १८:४० बजे