
अविरल ढकाल, जुम्ला
फागुन ३ गते,
जुम्लाका स्थानिय बासिन्दाले २२ करोड रुपैयाँ बराबरको जग्गा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई जग्गा दान गरेका छन् ।
६ नम्बर प्रदेशका स्थानिय बासिन्दालाई लक्षित गरेर एम.बि.बि.एस र नर्सिङ्ग पढाई सञ्चालन गर्नको कलेज स्थापनाको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला लाई चन्दननाथ नगरपालिकाका ३, ४ र गोठिचौर गाउँपालिका धिता गाँउका स्थानियले १५ सय रोपनी जग्गा दान गरेका हुन् ।
जुम्लाबासीले आफ्ना छोराछोरीलाई आर्थिक अवास्था कमजोर भएका कारणले एम.वि.वि.एस डाक्टर अन्य जिल्लाहरुमा पढाउने सकेका थिएनन् तर अव स्थानियले प्रतिष्ठानलाई जग्गा दान गरे पछि आफ्नै घरमा बसेर एम.वि.वि.एस डाक्टर पढ्न पाउने आशाका साथ जग्गा दान गरेको जग्गा दाता पदम केसीले बताए ।
हामी स्थानिय आधा पेट खाएर पनि बस्छौ हाम्रा छोराछोरीले डाक्टर पढ्न पाउन् र हामी कर्णालीबासी रोगको सिकार भएर मर्नु नपरोस् भनेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामालाई चेरे चौरको ७ सय रोपनी जग्गा दान गरेको अर्का जग्गा दाता देवि सिंह खत्रीले बताए ।
जुम्लामा नै प्रतिष्ठानले डाक्टर पढाउने र हाम्रा छोराछोरीले पनि एम.वि.वि.एस पढेर डाक्टर बन्नु कर्णालीमा भएका विरामीको घरमा नै पुगेर उपचार गरुनन् भने उद्देश्यका साथ जग्गा दान गरेको जग्गा दाता झुमकली कामीले भनिन् ।
आफ्नै घरमा बसेर छोराछोरीलाई डाक्टर पढाउन र रोजागार बन्नको लागी सहज होस् भन्ने आशा लिएर चेरेचौरको जग्गा निशुल्क दान गरेको स्थानिय बासिन्दाहरुले बताएका छन् ।
छोराछोरीलाई जिल्ला भन्दा बाहिर पठाएर पढाउनको लागी आर्थिक अवस्था बलियो नभएको हुनाले घरमा नै बसेर पढाउन सहज होस् भनेर आफुले निशुल्क जग्गा दान गरेको चन्दननाथ नगरपालिकाको वडा नम्बर ३ की छुमकली नेपालीले भनिन ।
आर्थिक अवस्था कमजोर भएकोले नै छोराछोरीहरुको मनमा इच्छा आकांक्षा हुदाँहुदै पनि डाक्टर पढ्न पाएनन् नेपालीले भनिन् । यदि आर्थिक अवस्था बलियो भएको भए उनीहरुको सपना साकार हुन्थ्यो । कति कर्णालीबासीका छोरा छोरीहरुको डाक्टर बन्ने सपना आर्थिक अवस्था कमजोर भएकोले नै कोपिलामा नै निमुठिएको थियो तर अव भने सास फेर्ने दिन आएको नेपालीले बताईन ।
कर्ण्ाालीका स्थानिय बासिन्दाले आफ्नै ठाउँमा बसेर डाक्टर बन्न पाउन् भन्ने उदेश्य लिएर आफुले पहिलो पटक जग्गा दान गरेको अर्का जग्गा दाता नन्दबहादुर खत्री बताउँछन् ।
एक जना व्यक्तिले ७ हजार देखि बढीमा २५ हजार वर्गमिटर सम्मको जग्गा स्थानिय बासिन्दाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा निशुल्क प्रदान गरेको जग्गा प्राप्ती पहल समितिका सदस्य जगनाथ उपाध्यायले बताए ।
कलेज स्थापनाको लागी सम्भाव्यता अध्ययनको कार्य सकिए पछि कर्णालीमा २ वर्ष भित्र एमबिबिएस पढाई शुरु गर्ने लक्ष्य अनुसार जग्गा लिने काम भईरहेको प्रतिष्ठान रजिष्ट्रर विश्वराज काफ्ले बताए । कर्णलीकम विषेशज्ञ डाक्टर उत्पादन गरेर कर्णालीमा नै सेवा प्रवाह गर्न सहजहोस् भन्ने उदेश्यका साथ काम भईरहेको अस्पतालका रजिष्टार विश्वराज काफ्लेले बताए ।



Prawash Kumar Shakya । ३ फाल्गुन २०७४, बिहीबार १४:५४ बजे