सरकारद्वारा विमान दुर्घटना बारे छानविन गर्न समिति गठन


फोटो साभारः अन्नपूर्णपोष्ट अनलाइन

२ बैशाख, काठमाडौं । हिजो आइतवार लुक्ला विमानस्थलमा भएको जहाज दुर्घटना बारे अनुसन्धान गर्न सरकारले छानविन समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा समिति गठन गरेको हो ।

छानविन समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल सदस्य र समिति सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई तोकिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा उल्लेख छ ।

हिजो आइतवार लुक्ला विमानस्थलमा आइतबार बिहान करिब साढे ९ बजे समिट एयरको हवाई जहाज उडने क्रममा अनियन्त्रित हुँदा पार्किङ्ग गरेको हेलीकोप्टरमा ठोकिएर विमान दुर्घटना भएको थियो ।