राष्ट्रपतिद्वारा बुद्धजयन्ती समारोहको उद्घाटन


८ जेठ, लुम्बिनी-राष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार पाँच सय ६० औँ बुद्ध जयन्ती समारोहकोे बुद्ध जन्मस्थल लुम्बिनीमा उद्घाटन गरेकि छन्। राष्ट्रपतिले दीप प्रज्वलन गर्दा बौद्धधर्मका तीन सम्प्रदाय महायान, थेरवाद र वज्रयानका गुरुहरुले बौद्ध वचन पाठ गरेका थिए ।

उद्घाटन सामारोहमा बुद्धजयन्ती समारोहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रि, विभिन्न दलका सांसद र राजनीतिक दलका नेताको सहभागिता छ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा २८ देशका ३५० भन्दा बढी बौद्ध धर्मगुरु तथा स्वदेशी र विदेशी गरी करिब १५ हजार बौद्ध धर्मावलम्बीको सहभागिता छ ।

साभारः नागरिक न्यूज