हुम्लाको अनुदानको नुन जुम्लामा बिक्रि


अविरल ढकाल
फागुन ११, जुम्ला ।
आठ महिनादेखि जुम्ला विमानस्थलको खुल्ला चौरमा ढुवानीका लागि राखिएको हुम्लाको अनुदानको नुन बिक्रि बितरण हुन थालेको छ । नुन अलपत्र भन्ने समाचार प्रसारण तथा प्रकाशन भएपछि हुम्लाको अनुदानको नुन साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड जुम्लाको गोदाममा माघ दोस्रो सातादेखी विमानस्थल बाट सारि विक्री बितरण गर्न थालीएको हो ।
अनुदानको नुनको बारेमा उपशाखा जुम्लालाई जानकारी नभएको र क्षेत्रीय कार्यालयसँग सम्वन्धित भएकोले क्षेत्रीय कार्यालयको निर्देशनमा हाल हुम्लाको अनुदानको नुन जुम्लाले विक्री गरिरहेको उपशाखा कार्यालय जुम्लाले जनाएको छ ।
जुम्लामा गत जेठ महिना देखि अलपत्र परेको अनुदानको नुन हाल जुम्लामा बीस दिन अघि बाट विक्री भईरहेको छ । निर कार्गो सर्भिसले क्षेत्रीय कार्यालयबाट चार हजार कोटाको अनुदानको नुन हुम्लासम्म पुर्याउने जिम्मा लिए पनि नुन ढुवानी गर्न नसकेकाले हर्जना सहित अनुदानको नुन फिर्ता गरिसकेको कार्गोका तेजबहादुर महतले बताए ।

हुम्लाको अनुदानको नुनको सवै रकम भुक्तानी गरिसकेको र अव अनुदानको नुन सडे पनि कार्गोकै हुने उपशाखा हुम्लाका प्रमुख राजबहादुर लामाले बताए ।

हुम्लाको बजार क्षेत्र बाहेक ग्रामिण बस्तीमा नुनको अभाव भएको प्रमुख लामाको भनाइछ । यता क्षेत्रीय कार्यालय नेपालगञ्जले हुम्लाको अनुदानको नुनको बारेमा कार्यालयलाई केही पनि जानकारी नभएको बताएको छ ।
१ सय, ५० क्विन्टल हुम्लाका लागि अनुदानको नुन साल्ट ट्रेडि
ङ कर्पाेरेशन लिमिटेड जुम्लाले हाल विक्री बितरण गरिहेको छ ।