व्यापारी तथा उद्योगीहरुले लगानीमैत्री गर्नुपर्ने -मुख्यमन्त्री शाही


फोटोः भद्र भण्डारी

१२ फागुन । सुर्खेत । ६ नं. प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस प्रदेशमा रहेका जडिबुटीहरुलाई सही सदुपयोग गर्न सके प्रदेशको मुहार फेरिन सक्ने आज सुर्खेत बाणिज्य संघको ३४औं बार्षिक साधारण सभामा बताउनुभएको छ ।

मन्त्री शाहीले यस प्रदेशका सम्पूर्ण व्यापारी तथा उद्योगीहरुले लगानीमैत्री गर्नुपर्ने कुरा औल्याउनुभयो ।

सभामा संघका पूर्व केन्द्रिय सदस्य टेकबहादुर भण्डारीले एक आपसमा व्यापारी, उद्योगीहरुले खुट्टा तान्ने प्रबृतिको अन्त्य गरि आर्थिक पक्षलाई सबल बनाउन सम्पूर्ण उद्योगी व्यापारीलाई आग्रह गर्नुभयो ।

त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश ६ का अध्यक्ष पदमबहादुर शाहीले विरोधका वावजुद पनि हालै सम्पन्न भएको प्रदेश स्तरिय सफल भएको बताउनुभयो ।

सभामा संघले समिक्षा आचार्य स्मृति छात्रबृति पुरस्कारबाट ३ जना दृष्टिबिहिनलाई पुरस्कृत गर्दै संघका उत्कृष्ट कर्मचारीमा सज्ज्त खाँन त्यस्तै महिला उद्यमी दृष्टिबिहिन रेनुका कोईराला सुर्खेत सर्जिकल एण्ड साइन्स श्याम विष्ट जेपी बहुउद्देश्यीय गार्मेन्ट उद्योगका धनबहादुर रावल खबरइरा डटकमका संवाददाता बिमला खड्का लाई विभिन्न विधामा सम्मान गरेको छ ।