११ जेठ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो चौबिस घण्टमा देशभर थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टी भएको छ ।
यहि अवधीमा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संंख्या ६ हजार ४०४ रहेको छ । त्यसैगरी आज थप १६९जना संक्रमितले ज्यान गएको छ ।
त्यस्तै कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६०१ जनाको पीसीआर परीक्षण गर्दा २१५ जना र ७४१ जनाको एन्टिजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भने ३ जनाको ज्यान गएको छ ।




Prawash Kumar Shakya । ११ जेष्ठ २०७८, मंगलवार १७:४० बजे