
२१ असोज, सुर्खेत । “नारी शक्ति राष्ट्रको विकास” नारा लिएर अगाडी बढी रहेको सुर्खेत महिला जेसीज बर्ष २०२०ले आज आफ्नो बार्षिकी कार्यक्रम अन्तरगतको सप्ताहव्यापी कार्यक्रममा दन्त शिविर सम्पन्न गरेको छ ।
महिला जेसीजले यसबर्षको सप्ताहव्यापी कार्यक्रम अनुसार आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रममा आश्रितहरु र सेवकहरुको निशुल्क दन्त परिक्षण गरेको हो ।
कार्यक्रममा वीरेन्द्रनगरमा स्थापित वर्ल्ड डेन्टल मल्टीस्पेशलिष्ट सेन्टरका डा.सुमन सलु, डा. अनिल गदाल र डा. प्रदिप दियालीको समूहले सहयोग गरेको सुर्खेत महिला जेसीज बर्ष २०२० का महासचिव मनिषा कौशले जानकारी दिनुभयो । कार्यक्रम बर्ष २०२० का अध्यक्ष प्रमी शाक्यको सभापतित्वमा सम्पन्न भएको हो ।




Prawash Kumar Shakya । २१ आश्विन २०७७, बुधबार २१:५७ बजे