क्यान महासंघ सुर्खेतले गर्यो नगर सरसफाई


९ माघ सुर्खेत, हप्ताको शनिवार गरिने नगर सरसफाईको कार्यक्रम आज कम्प्यूटर एशोशियसन महासंघ क्यान सुर्खेतले सम्पन्न गरेको छ । वीरेन्द्रनगरको न्यूरोड र बुद्धपथमा सरसफाई गरिएको क्यान महासंघ सुर्खेतका अध्यक्ष पूर्णदेव अधिकारीले बताउनु भयो । वीरेन्द्रनगरलाई स्वच्छ सफा र हराभरा बनाउने उदेश्यका साथ हरेक हप्ताको शनिवार सुर्खेत उद्धोग बाणिज्य संघको संयोजकत्वमा विभिन्न संघसंस्थाले वीरेन्द्रनगर बजार सरसफाई गर्दै आइरहेको सुर्खेत उद्धोग बाणिज्य संघ सुर्खेतका कार्यक्रम संयोजक गणेशकुमार कार्कीले बताउनुभयो ।