आफु मर्नु अघी सुर्खेतको माटोमा ‘एक लाख बिरुवा’ हुर्काउनु छः डाक्टर के.सी. (भिडियोसहित)


३२ असार, सुर्खेत । कर्णाली बृहद बृक्षारोपण उत्सव अभियान अन्तरगत आज नेपाल कै पहिलो संरक्षित ऐतिहासिक वन काँक्रेविहार परिसरमा बृक्षारोपण गरिएको छ ।

Green & Clean Movement, सुर्खेत उद्योग बाणिज्य संघ, कर्णाली प्रदेशका सबै लायन्स क्लब, नेपाल चिकित्सक संघ लगाएतको आयोजनामा काँक्रेविहारमा विभिन्न जातका विरुवाहरु लगाइएको अभियानकर्मी डाक्टर नवराज केसीले जानकारी दिनुभयो ।

डाक्टर केसी भन्नुहुन्छ ” एउटा सँकल्प छ ! आफु मर्नु अघी सुर्खेतको माटोमा ‘एक लाख बिरुवा’ हुर्काउनु छ, बचाउनु छ ।”

कार्यक्रममा फ्यूचर, नेपाल कर्णाली केयर हस्पिटल, प्रशान्ति बृद्धाश्रम, नेपाल पत्रकार महासंघ, जिल्ला वन कार्यालय, कम्प्यूटर एशोसियसन (क्यान) महासंघ, बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था, वीरेन्द्रनगर जेसीज सैनिक विद्यालय लगाएत संस्थाको उपस्थिती रहेको थियो