कृष्णराज धमाला
फागुन १६, सुर्खेत ।

हार्भेष्ट मुन सेकेन्डरी बोर्डीङ्ग स्कूल तातोपानी सुर्खेतको १२ औं बार्षिकउत्सव तथा अविभावक दिवस सम्पन्न भएको छ । एसएलसीमा एक पटक नेपाल दाश्रो तथा दुई पटक जिल्ला प्रथम हुन सफल स्कूलको एक समारोह बिच बार्षिक उत्सव मनाइएको हो ।
शिक्षक अविभावक संघका अध्यक्ष अम्मरबहादुर थापाको अध्यक्षतामा आयोजीत बार्षिक उत्सव तथा अविभावक दिवसको मध्यपश्चिमाञ्चल विश्व विद्यालयका रजिष्टार डा. महेन्द्रकुमार मल्लले उद्घाटन गर्नुभएको हो । मेनेजमेन्टको ११ कक्षा पनि सञ्चालको तयारीमा रहेको सो स्कूलको प्रिन्सिपल सिता पाण्डेले बार्षिक प्रतिबेदन तथा भावी रणनीति प्रस्तुत् गर्नुभयो ।
विज्ञान प्रदर्शनी, साँस्कृतिक कृयाकलाप, मार्सल आर्ट लगायतका बिभिन्न रचनात्मक क्रियाकलाप सँगै सम्पन्न बार्षिक उत्सवमा जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह लगायतका सरोकारवालाहरुले बिद्यालयको थप प्रगतिको कामना गरेकाछन् ।



Milan Shrestha । १६ फाल्गुन २०७४, बुधबार ०७:४२ बजे