जिपले मोटरसाईकलाई ठक्कर दिदा, मोटरसाईकल जलेर पूर्ण नष्ट


 

सुर्खेत,११ असोज । सुर्खेत दैलेख सडक खण्ड अन्र्गत सुर्खेतको कटकुवा नजीकै आज बिहान करीब ७ बजे जिपले मोटर साईकललार्इ ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

दैलेख बाट सुर्खेत तर्फ आउँदै गरेको भे १ त २५७६ नम्बरको जिपले सुर्खेतको बिरेन्द्रनगर बाट दैलेख तर्फ जाँदै गरेको भे ४ प ३०२६ नम्बरको मोटर साइकल लाइ ठक्कर दिएको थियो, जिपको ठक्करबाट मोटरसार्इकल चालक घाइते भएका छन् भने मोटर साइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।

दूर्घटनाका कारण आगलागीबाट जलेर पूर्ण नष्ट भएको भे ४ प ३०२६ नम्बरको मोटर ।

दूर्घटान पश्चात घाइते मोटर साइकल चालक दैलेख नारायण नगरपालीका बर्ष ३३ का दिपकराज शर्मालाई उद्धार गरी उपचारका लागी विरेन्द्रनगर ल्याइएको अस्थाइ ट्राफिक प्रहरी पोष्ट गोठिकाँडाका प्रहरी जवान कुल बहादुर शाहीले बताउनु भयो ।

जवान शाहीका अनुशार जिप विपरीत दिशा बाट आएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ भने दूर्घटना पश्चात गाडि चालक फरार भएकाले खोजी कार्य जारी रहेको छ ।