यदुस्मृति पुरस्कारबाट पत्रकार शाह सम्मानित


कालीबहादुर मल्ल
फागुन २२, सुर्खेत ।
यसवर्षको यदु स्मृति पत्रकारिता पुरस्कारबाट रुकुमका पत्रकार नारायणकुमार शाह सम्मानित हुनुभएको छ । १९ औं यदु स्मृति दिवसका अवसरमा पत्रकार शाहलाई उक्त पुरस्कारद्धारा सम्मान गरिएको हो ।

१५ हजार रुपैयाँ राशी रहेको पुरस्कार नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रदान गर्नुभएको हो । २०५५ साल फागुन २१ गते आम निर्वाचनको प्रचार प्रसारको शिलशिलामा रुकुमको गरायला गाविसमा तत्कालीन नेकपा माओवादीद्धारा गौतमको हत्या भएको थियो ।

विगत १६ वर्षदेखि हत्या हिंसाको विरुद्धमा कलम चलाउने पत्रकारलाई सो पुरस्कार प्रदान गरीदै आएको प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद जैसीले जानकारी दिनुभयो ।