प्राविधिक शिक्षा सञ्चालन गर्न ढकालको सहयोग


विदेशमा हुँदा पनि स्वदेशको माया बढी
फागुन २२, सुर्खेत ।

अमेरिकामा बस्दै आउनु भएका एक स्थानियले प्राबिधिक शिक्षा सञ्चालन गर्न १ लाख, १ हजार १ सय पाँच रुपैया सहयोग गर्नुभएको छ । विरेन्द्रनगर ११ धुलियाविटका स्थायी वासीन्दा खेमराज ढकालले शिव मावि धुलियाविट विरेन्द्रनगर ११ लाई सो रकम सहयोग गर्नुभएको हो ।
माबिले अगामी शैक्षिक सत्रदेखि संचालन गर्ने १८ महिने पशु विज्ञान विषयमा प्राविधिक शिक्षा संचालनका लागि ढकालका बुबा श्रीप्रसाद, आमाहरु पवित्रा र डम्मरकुमारी ढकाल तथा उहाँकी पत्नि शान्ता ढकालको नाममा उहाँले विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालनका लागि रकम सहयोग गर्ने कबुल गर्नुभएको हो ।
हालसम्म विद्यालयले प्राविधिक शिक्षा संचालनका लागि १ सय, ४८ जनाले सहयोग गर्ने घोषणा गरेका छन् । विद्यालय अगामी शैक्षिक सत्र २०७५ देखि संचालनका लागि महाअभियान संचालन गरेर सहयोग जुटाउन सुरु गरेपछि हालसम्म १ सय ४८ जनाले सहयोग गर्ने प्रतिवद्धतासहित सहयोग गर्ने रकमको घोषणा समेत गरेका छन् ।
विद्यालयका प्राध्याध्यापक पूर्णप्रसाद पौडेलका अनुसार हालसम्म विद्यालयमा प्राविधिक विषय संचालनका लागि अभिभावक, सरोकारवालाहरुले १५ लाख, ३९ हजार, १ सय ९६ रुपैयाँ ६७ पैसा रकम दिने प्रतिबद्धता गरेका छन् । यस्तै विद्यालयलाई सात जनाले ५० हजार, ५८ जनाले १० हजार रकम दिने घोषणा गरेका छन् । विरेन्द्रनगर ११ का विनोदकुमार ढकालले ५५ हजार पाँचसय ५, तुल्सीप्रसाद आचार्यले ५८ हजार, १ सय ५, कृष्णप्रसाद तिवारीले ५६ हजार, ७ सय ८९, टोपलाल तिवारीले ५७ हजार १, कृष्णप्रसाद तिवारीले ५६ हजार, ६ सय, ६६, हिरालाल ढकालले ५५ हजार, ५ सय ५५, विरेन्द्रनगर ६ का गणेशवहादुर ढकालले ५० हजार, ५ सय ५५, र विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद पौडेलले ५० हजार, १ सय, १ रुपैँया दिने प्रतिबद्धता जाहेर गरेका छन् । यस्तै विद्यालयका लागि अभिभावहरुले कुर्सी, टेबुल बेन्च पनि सहयोग गर्दै आएका छन् ।