आन्दोलनमा खोसिएका टिर्सटहरु वाढी पीडितलाई


मिलन श्रेष्ठ ।

असार,४ सुर्खेत । मध्यपश्चिमाञ्चाल विश्वविद्यालयको नवौं वार्षिक उत्सवको अवसरमा लगाएका टिर्सटहरुमा हाम्रो विश्वविद्यालय हाम्रो गौरव हुनु पर्नेमा जबरजस्ती मेरो विश्वविद्यालय मेरो गौरव लेखेको प्रती स्ववियूद्धारा जारी संयुक्त आन्दोलनमा खोसिएका टि–सर्टहरु बुधवार(आज) सुर्खेतको गिरीघाटमा रहेका बाढी पीडितहरुलाई बाँडिएको छ।

वार्षिकोत्सवमा विश्वविद्यालयका पदाधिकारीहरुले काठमाडौंका निजी कलेजहरुले विज्ञापन गर्ने उद्देश्यले टि–सर्ट लगाएर विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले दुई बोरा टि–सर्ट खोसेका थिए।

‘पदाधिकारीहरुले विश्वविद्यालयको गरिमामाथि नै आँच पुग्ने गरी निजी कलेजहरुको प्रचार प्रसार गर्ने उद्देश्यले टि–सर्टमा वितरण गरेका थिए।’

नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य हरि शर्माका अनुशार शान्तिपूर्ण आन्दोलनका क्रममा ‘खोसिएका टि–सर्टहरु बाढी पिडितलाई बुझाएका हौं।’उत्सवमा प्रयोग गरिएका टि–सर्टले नीजि कलेजको प्रचार–प्रसार मात्र भएको नभई सिंगो विश्वविद्यालयको गरिमालाई समेत दाग लगाएको भन्दै संयुक्त रुपमा विद्यार्थी संगठनहरु विरोधमा उत्रिएका थियौं।

कार्यक्रममा टि–सर्ट खोस्न थालेपछि केही विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो। कार्यक्रमस्थलमै संयुक्त विद्यार्थीहरुले नाराबाजी र ढुङ्गामुडा गरेका थिए। प्रहरीले विद्यार्थीहरुको आन्दोलनलाई तितरबितर पार्न खोजेपछि झडपसमेत भएको थियो।

आन्दोलनको क्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य हरि शर्मा, अनेरास्ववियु केन्द्रयी अनुशासन आयोग सदस्य नविन योगी, अखिल क्रान्तिकारी केन्द्रीय सचिब अमरजङ्ग शाही,जिल्ला अध्यक्ष धुपेन्द्र बहादुर शाही, नेबिसंघ नेता राजन विक, न्युटन ओली, नेता महेन्द्र थापा, सरोज नौपाने, गणेश शाही, चित्र सुनार, तिर्सना हमाल, ममता अधिकारी लगायतलार्य प्रहरीले कार्यक्रम स्थलबाटै नियन्त्रणमा लिएको थियो।
नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य हरि शर्माले भन्नु भयो, वास्तवमा लामो समय पछि यसरी विभिन्न विद्यार्थीहरुले संयुक्त रुपमा आन्दोलन गरी सफल पारेका छौं साथै आन्दोलनमा साथ दिनुहुने सम्पूर्ण स्ववियूका साथीहरुलाई धन्यवाद व्यक्त गर्दै, त्यसरी खोसिएका टिर्सटहरु आक्रोशमा आएर जलाउनु भन्दा पनि बाढी पिडिहरुलाई दिदा उनीहरुलाई राहत पनि हुने र समाजमा राम्रो सन्देश पुग्ने भएकै हुदा सबैका सहमतिका टिर्सट वितरण गरेका हौं ।

झडपका क्रममा एकजना प्रहरी घाइते थिए भने विश्वविद्यालयले वार्षिकोत्सव कडा सुरक्षा घेराभित्र मनाएको थियो।