२३ बैशाख,सुर्खेत
आज दिउसो जुवा खेलिरहेका तिन जनालाई प्रहरीले पक्राउ परेका छन । बिरेन्द्रनगर नगरपालिका वडा नं ९ लाटिकोईली सुर्खेत स्थित कालिप्रसाद शाक्यको घरमा जुवा खेलि रहेका तिन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बिशेष सुचनाका आधारमा सुर्खेत प्रहरीले बिरेन्द्रनगर नगरपालिका वडा नं ९ लाटिकोईली सुर्खेतका ४३ वर्षिय बल बहादुर राना, ५९ वर्षिय कालिप्रसाद शाक्य (घर धनि) र ५५ वर्षिय दान बहादुर गुरुङलाई जुवा खेलिरहेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जुवाडेहरु वाट रू. ३४ हजार पाँच सय नगद सहित नियन्त्रणमा लिई आबश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासतमा राखिएको छ



Milan Shrestha । २३ बैशाख २०७५, आईतवार १४:२१ बजे