जुम्लाकी छोरी चाइनामा म्याराथुनमा प्रथम


 

अविरल ढकाल, जुम्ला
फागुन २५
चाइनामा संचालन भएको माउण्ट गोवालिगोङ अल्ट्रा -टिएचटी) ५५ किलोमिटर म्याराथनमा जुम्लाकी सुनमाया बुढा प्रथम भएकी छन् । निरधारित दुरीलाई महिला समुहमा ५ घण्टा ४४ मिनेट १९ सेकेण्ड समयमा दुरी पार गरी प्रथम भएकी हुन् ।

त्यसैगरी ७ घण्टा २ मिनेट ४२ सेकेण्डको समयमा दुरी पार गरी संयुक्त राज्य अमेरीकाकी मेरीडिथ इडवार्डस दोस्रो र ७ घण्टा ३६ मिनेट ४२ सेकेण्डको समयमा दुरी पार गरी चाइनाकी च्याङपिङ फ्याङ तेस्रो स्थान हासिल गरेकी । कर्णाली  स्पोट क्वलकी खेलाडी सुनमाया बुढा विभिन्न देशमा म्याराथुनमा भाग लिएर अव्वल भुमिका निर्वाह गर्दै आएकी छन् ।
कर्णाली  स्पोट क्लवका अध्यक्ष सरोज शाहीका अनुसार चाइनामा प्रथम स्थान हासिल गरेकी बुढाले नियमति खेलकुदमा नियमित चासो दिदै आएको शाहीले बताए । उनले भने जुम्लामा भने जस्तो खेलाडीलाई नियमित अम्यास गराउने मैदान छैन, वातावरण पनि सहज छैन यिनै समस्याका बाबजुत पनि जुम्लाका खेलाडीहरुले विभिन्न देशमा गएर आफ्नो जन्म स्थानको नाम चिनाउदै आएका छन् ।

म्याराथुन धावक हरिवहादुर रोकायाले घामपानी, हावाहुरी, चिसोतातो नभनेरै नियमित म्याराथुन खेलाडीलाई अभ्यास गराउदै आएका कारणले पनि यहाँका खेलाडीले विभिन्न देशमा भाग लिएर प्रथम स्थान हासिल गर्दै आएको कर्णाली  स्पोट क्लव जुम्लाले जनाएको छ ।
टिएचटी अल्ट्रा म्यारथन स्थानिय समय अनुसार बिहान साढे ७ अर्तात  मा शुरु भएको थियो । टिएचटी अल्ट्रा म्यारथन, वेहनझी गुवाङ चाङ स्क्वायरवाट शुरु भएर हेसुन ऐन्सेंट टाउनमा पुगेर सम्पन्न भएको थियो । उक्त अल्ट्रा म्याराथुनमा विभिन्न राष्ट्रका २ सय ९३ खेलाडीहरुले भाग लिएका थिए ।