
मिलन श्रेष्ठ
असार,३ सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको ९ औँ स्थापना दिवसको अवसरमा आन्दोलन गरेका भन्दै नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य हरी शर्मा र अनेरास्वूका केन्द्रिय सदस्य नविन योगीलाई प्रहरी पक्राउ गरी हिरासतमा राखेको छ ।

संघिय राजधानीको एक नीजि कलेजले टिसर्ट सौजन्य प्रदान गरेकोमा विश्वविद्यालयका विभिन्न विद्यार्थी संघ÷संगठनहरुले आपत्ती जनाउदै आन्दोलन गरेका थिए । नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य हरी शर्माका अनुशार, हाम्रो विश्वविद्यालय हाम्रो गौरवको हुनु पर्नेमा जबरजस्ती मेरो विश्वविद्यालय मेरो गौरव लेखेको प्रती हामी बिद्यार्थी संगठनहरुको आपत्ति हो । शर्माले भन्नु भयो विश्व विद्यालय जुन उद्देश्य अनुसार स्थापना भएको हो त्यो उद्देश्य अनुरुप सञ्चालन नभई विश्व विद्यालयका पदाधिकारीहरुको मनोमानी तरिकाले चलिरहेकोले गर्दा आफुहरुले आन्दोलन गर्नु परेको बताउनु भयो ।

समाचार तयार गर्दा सम्म शर्माले आन्दोलनको क्रममा आफू लगाएत अनेरास्ववियु जिल्ला अध्यक्ष धुपेन्द्र बहदुर शाही, अखिल क्रान्तिकारी केन्द्रिय सचिब अमर जङ शाही, अनेरास्ववियु केन्द्रिय अनुसासन आयोग सदस्य नवीन योगि, नेबिसंघ नेता राजन , न्युटन ओलि, अनेरास्ववियु नेता महेन्द्र थाप, सरोज नेउपाने, गणेश शाही, चित्र सुनार, तिर्सना हमाल र ममता अधिकारी लगाएत १४ जना विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।



Milan Shrestha । ३ असार २०७६, मंगलवार ११:४७ बजे