
सुर्खेत, जेठ ८ । “अपांगता नागरिकको समान सहभागीता, सामाजिक न्यायमा सुनिश्चितता भन्ने नारा सहित अपाङग युवा यमलाल रसाइलीले यतिवेला मुगुमा रहेको राराताल सम्मको साइकल यात्रा तय गरेका छन ।
सहासिक व्यक्ति अपांगता साईकल यात्री यामलाल रसाईलीले अपांगता भएका व्यक्तिले पनि अवशर पाए चुनौतिपूर्ण काम पनि गर्न सक्ने बताएका छन् ।
एउटै खुट्टाले साईकल चलाएर कैलालीको लम्कीबाट रारा पुग्ने अभियानमा सुर्खेत आइपुगेका रसाइलीले मंगलबार सुर्खेतमा एक पत्रकार सम्मेलन मार्फत यस्तो बताए ।
समाजमा परिवर्तन आवश्यक भएको र त्यसका लागि सहयोगी मनहरु हुनुपर्ने उनको भनाई छ । कर्णालीको पर्यटन पर्वद्धनमा समेत सहयोग पुग्ने गरी आफुले साइकल बाटै रारा पुग्ने लक्ष्य पुरा गर्न अभियान थालेको उनले बताए ।
अपांगता भएका व्यक्तिहरु मध्य केही सिमित व्यक्तिको खराव उद्धेश्यका कारण ग्रामिण क्षेत्रका अपांगले राज्यवाट लाभ लिन नसकेको रसाइलीको भनाई थियो । ग्रामिण क्षेत्रका अपांगता भएका बालबालिकाहरुलाई अध्यन अध्यापनमा समस्या भएको उल्लेख गर्दै रसाइलीले दुर दराजका स्कुलहरु अपांग मैत्री हुनुपर्ने बताए । उनको रारा यात्राका लागि होटेल अर्गनाइजेशन सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले समेत सहयोग गरेको बुझिएको छ ।



Milan Shrestha । ८ जेष्ठ २०७५, मंगलवार १४:०४ बजे