अविरल ढकाल, जुम्ला ।
२७ फागुन । पातारासी गाँउपालिका ४ का धनबहादुर बुढालाई शनिबार दिउसो उपचारका लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमै गुमाउनु प¥र्यो । ४२ बर्षका उनलाई दमको ब्यथाले सारै च्यापेपछि बिहान घरबाट स्ट्रेचरमा बोकेर ल्याउदै गर्दा बिचबाटोमै गुमाउनु परेको हो । घरबाट साढे दुई घण्टा लाग्ने बाटोबाट बोकेर ल्याएपछि उर्थुचौतारामा एम्बुलेन्सको प्रतिक्षा गर्दा गर्दै उनको निधन भयो ।
घरसम्म एम्बुलेन्स पुगेको भए बाबाले ज्यान गुमाउनु पर्ने थिएन, गाँउपालिकाको एम्बुलेन्स खोज्दा भेटिएन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको एम्बुलेन्स बोलाउन र पुग्न ढिलाई हुदाँ बाबाको मुत्युभयो’ मृतकका छोरा लालु बुढाले भने, ‘सडक पुगेपनि समयमै सवारी नपुग्दा सकस भयो । बिचबाटोसम्म एम्बुलेन्स बोलाउदाँ पनि ढिलो आयो । सामान्य अक्सीजन नपाएरै बाबाले ज्यान गुमाउनु प¥यो ।’ उनका अनुसार बाबाको मृत्युपछि बल्लतल्ल पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम्बुलेन्सले आते–जाते १२ सय भाडा पनि असुलेको छ ।
यस अघि पनि पातारासी गाँउपालिकाका विरामीहरुले वीच बाटोमा नै अकालमा मृत्यु हुने गरेको छ । गाँउपालिकाकोे एम्वुलेन्स भए पनि कहाँ छ कुनै अत्तोपतो पनि छैन । गाँउपालिकाको एम्वुलेन्स भए पनि “कागलाई वेल पाक्यो हर्ष न विष्मात” यस्तै भएको छ ।
उर्थु चौताराको पक्की पुल नबन्दा पनि पातारासी गाँउपालिकाका स्थानियबासीले सास्ती खेप्दै आएका छन् । निर्धारित समय सम्म पनि पुल नवन्नुमा राजनैतिक दलले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । गरिवका पीडा कसले सुन्छ । अहिले आएका जनप्रतिनिधि आफ्नो पेट भर्ने काम मात्र गर्छन्, पातारासी गाउँपालिकाका स्थानिय कृष्ण बुढाले भने । पातारासी गाउँपालिकाबासीले कहिले सम्म यस्ता पीडालाई झेल्नु पर्ने हो ।



Milan Shrestha । २७ फाल्गुन २०७४, आईतवार ११:०६ बजे