शान्तिका लागि चित्रकला


सुर्खेत, २६ कात्तिक ।
सुर्खेत जिल्ला स्थित लायन्स क्लवहरुमध्ये लायन्स क्लव अफ बुलबुले, लायन्स क्लव अफ वीरेन्द्रनगर र लायन्स क्लव अफ सुर्खेत, शिवबिहारले संयुक्त रुपमा शुक्रबार चित्रकला प्रतियोगिताको आयोजना गरेका छन् । बालबालिकाहरुमा रहेको प्रतिभा शान्तिका माध्यमबाट उजागर गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतियोगिता यस वर्ष पनि तीनवटा लायन्स क्लवले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
जिल्ला स्थित संस्थागत तथा सामुदायिक गरी २३ वटा विद्यालयबाट ११ वर्षदेखि १३ वर्षसम्मका ४६ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा सुुर्खेत होराइजन एकेडेIMG_8361मीकि एसोदा शर्मा प्रथम भएकि छन् भने, सेन्ट मेरिजकोएड स्कुलकि सम्झना लामा द्धितिय र हर्मन माइनर एसओएसका यामबहादुर विसी तृतिय भएका छन् ।
लायन्स क्लव अफ वीरेन्द्रनगर, सुर्खेतका दोस्रो उपाध्यक्ष विनुसी भास्कर संयोजकत्वमा भएको कार्यक्रममा प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगिहरुलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो । तीनवटा पुरस्कारको व्यवस्थापन तीनवटा लायन्स क्लवहरुले गरेका थिए ।
प्रतियोगितामा छनौट भएका तीनजनाले कारेको चित्र राजधानीमा हुने प्रतियोगितामा समावेश गराइने छ । राजधानीको प्रतियोगितामा अधिराज्यभरीबाट उत्कृष्ट हुनेमध्ये प्रथम सहभागीको अभिभावकसहित तीनजनालाई अमेरिका जाने अवसर प्रदान गरिने छ । अमेरिकामा सहभागि हुने उत्कृष्टलाई ५ हजार अमेरिकी डलर पुरस्कारको व्यवस्था गरिएको छ ।
लायन्स क्लव अफ बुलबुलेका अध्यक्ष लायन नवराज गुरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथितिको रुपमा रिजन चियर पर्शन लायन कल्पना कार्की, विषेश अथिति जोन चियर पर्शन लायन सरस्वती वस्नेत, जिल्ला संयोजक पूर्णबहादुर नेपाली, लायन्स क्लव अफ सुर्खेतका अध्यक्ष लायन खड्क गौतम, काँक्रेबिहारकि अध्यक्ष विन्दु नेपाल, शिवबिहादरका अध्यक्ष मिलन श्रेष्ठ, वीरेन्द्रनगरकि अध्यक्ष खगिसरा शाही, भैरवस्थानका अध्यक्ष प्रदिप पन्त र लायन्स क्लव अफ सुर्खेत, शिवबिहारका प्रथम उपाध्यक्ष बालकृष्ण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।