मोबाइल वितरक संघको कर्णाली प्रदेश संयोजकमा विष्ट निर्वाचित


१६ चैत्र, काठ्माण्डौ । काठ्माण्डौमा आज (शुक्रवार) सम्पन्न भएको नेपाल मोबाइल वितरक संघको प्रथम महाअधिवेशनबाट नेपाल मोबाइल वितरक संघ सुर्खेतका अध्यक्ष मिलेनियम मल्टी सिष्टम सुर्खेतका प्रोप्राइटर हरि विष्ट केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशको संयोजकमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित कर्णाली प्रदेशका संंयोजक विष्टले अब कर्णाली प्रदेशमा सम्पूर्ण मोबाइल वितरकहरु संग समन्वय गरेर मोबाइल व्यावसायलाई संस्थागत गरि लैजाने बताउनुभयो ।

महाअधिवेशनमा सुर्खेतबाट अन्नपूर्ण इलेक्ट्रोनिक्सका भगतबहादुर रावल, ज्वाला कम्प्यूटर सप्लायर्सका सुदिपकुमार के.सी., शुभम ट्रेडर्सका गोविन्द गौतम, ग्लोबल ट्रेड लिंकका धर्मराज गौतम, ‌ऊँ साइ ट्रेड लिंक मानबहादुर गैह्रे र मेगा ट्रेडका भद्रबहादुर कठायतले सहभागी जनाउनुभएको थियो ।