
चैत्र ३, काठमाण्डौ ।
चर्चित लोक तथा दोहोहोरी गायिका टीका पुनको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जुन गीतमा नेपाल चिनाइएको छ ।
गीतमा मेचिदेखि महाकालिसम्मको नेपालको भौगोलिक अवस्थासँगै पर्यटकीय स्थललाई समेटिएको छ ।
‘डोल्पा जाने रेल बाटो’ टाइटलको यो गीतमा नेपाललाई स्वीजरल्याण्ड भन्दा पनि राम्रो भएको भन्दै बयान गरीएको छ ।
नेपालमा राम्रा ठाउँ हुँदाहुँदै घुम्न हंकङ, सिंगापुर लगायतका विदेशमा जाने गरेको भन्दै नेपालमै टूर गर्न सुझाव दिइएको छ । नेपालका सरगमाथाको बेस क्याम्प, खप्तड, डोल्पा, जुम्ला, हुम्ला, मुस्ताङ, जोमसोम नै स्वर्ग भएको बताइएको छ ।
हिमाली रेल मार्गको परिकल्पना, जलविद्युत निर्माण, आन्तरिक पर्यटन प्रबद्र्धन, युवालाई स्वदेशमै रोजगारी दिएर नेपाललाई समृद्ध बनाउनु पर्ने गीतबाटै सुझाव समेत दिइएको छ ।
पूर्वका मान्छेलाई पश्चिम र पश्चिमका मान्छेलाई पूर्वका ठाउँका बारेमा कम जानकारी हुने भएकोले एउटै गीतमा देशभरका महत्वपूर्ण ठाउँलाई समेटिएको गायिका पुनको भनाई छ । देशमा पर्यटनको ठूलो सम्भावना हुँदाहुँदै पनि प्रचार हुन नसकेकाले यो गीत ल्याइएको उनको भनाइ छ ।
यो गीतमा टीका पुन र कृष्ण रेउलेको स्वर र अभिनय रहेको छ भने लय शब्द कृष्ण रेउलेकै रेहेको छ ।
अनलाइन खबरबाट
Prawash Kumar Shakya । ३ चैत्र २०७४, शनिबार ११:१३ बजे