डिल्लीकोटमा गाडी स्थानियद्वारा भव्य स्वागत


 

फोटो : बिबिखण शाहीको फेसबुक

अशोककुमार सिंह

चैत्र ४ कालीकोट

भनिन्छ दृढ इच्छा शक्ती भयो भने जुन सुकै काम गर्न सकिन्छ अर्थात जहाँ इच्छा त्यहा उपाए भनेझै भएको छ कालीकाेटको डिल्लीकोटमा ।

साबिककाे अाेदानकु गाँउ  बिकास समिती सदियौ देखि कसैको नजरमा परेन नत सरकार नत संघ संस्था कुनै पनि बिकास का कार्यक्रम होस वा अन्य कुनै कही कतैबाट पनि अगाडीको लिस्ट मा नाम सुन्न मुस्कीलै हुन्थ्यो । जिल्लाका योजना छनौट काे प्राथमिकताका क्रममा पनि पछाडी पारीने अाेदानकु अहिले जुरमुराएको छ ।

गाँउ  बिकास समिति को अनुदान रकम ५० लाख, अन्तर जिल्ला जोड्ने सडक सञ्जालको १०लाख  रकम बाट दुइ बटा डोजर भाडामा लिइ काम शरु गरेकाे डोजर संचालक मनराज  शाहीले बताउनु भएको छ ।

स्थानिय यूवाहरुको उत्सुकता र जाँगर लाइ निरन्तर प्रयोगमा ल्याइ प्रमाणित गरेर देखाइ दिएका छन हाल अाएर गाँउ पालीकाले ५०लाख र ५० लाख सांसद  बिकास कोष बाट बजेट छुट्याइए पनी अख्तियारी नअाएकाले रकम अभावका बावजुद पनी काम संचालन भइरहेकाे यूवा नेता खेम बहादुर सिंह ले बताउनु भएको छ ।

आफ्नो नाममा आएको योजना समेत अन्तै संचालन भइरहँदा  यस गाँउ बिकास समितिले भने कहिल्यै मुख खोलेन,  अहिले गेला र चिलखायाको केही भाग साथमा  लिएर गाँउपालीका भइसकेपछि आफनो गतिलाइ अगाडी बढाएको देखिन्छ । सरकारको प्राथमिकतामा पर्न नसकेका गाउ पालीका ले अन्य बजेट कटौती गरी गाउमा मोटर पुर्याएका छन । यही क्रममा गाँउमा मोटर पुगेपछी सथानियले भब्यरुपमा स्वागत गरी खुसियाली मनाएका छन ।

गाँउ पालीकाका अध्यक्ष नन्द बहादुर सिंह को अगुवाइमा मोटर गाँउमा पुगेपछि हिजो एक समारोहका बिच फुल माला र अबिर जात्रा भएको छ । स्थानियका अनुसार अब बिकासको गतिलाइ कोही कसैले रोकन नसक्ने कुरा दावी गरीरहेका छन  ।

स्थानियले जिल्लाको सबै भन्दा अब्बल गाँउ पालीका बनाउने समेत दाबी गरेका छन ।