स्वास्थ्यका कर्मचारीमा आरडिटी पोजेटिभ देखियो


लक्षमण बुढा मगर

२५ जेठ, सुर्खेत । विश्वव्यापी तिब्र रफ्तारमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ यतिवेला कर्णालीमा पनि तिब्र रफ्तारमा बढी रहेको छ ।

यहि कोरोनाको रोकथाम र नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुमा पनि पोजेटिभ देखिएको वेला सुर्खेतको पश्चिम बराहताल गाँउपालिकाका कर्मचारीकोहरुको आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएको छ ।

गाँउपालिकाका स्वास्थ्य क्षेत्रमा नै काम गर्ने कर्मचारी र अन्य कर्मचारीलाई आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएका कर्मचारीहरुको आज स्वाब संकलन गरेर प्रदेश अस्पताल पठाइएको छ । यसरी स्वास्थ्यका कर्मचारीहरु मै पोजेटिभ देखिएपछि गाँउलेहरु त्रसित भएका छन् ।