कृष्णराज धमाला
चैत्र ५, सुर्खेत ।
पर्यटन व्यवसायीहरmले कर्णाली अबको निर्बिकल्प प्रर्वधन गन्तव्य भएकोले आफुहरm कर्णाली प्रदेशमा लगानी गर्न इच्छुक भएको बताएका छन् ।
होटल एसोसियसन नेपालले आज कर्णाली सरकारका मन्त्रीहरm सँग भेट तथा सुभकामना कार्यक्रमको आयोजना गरि पर्यटन सम्वन्धी सरोकारवालाको तर्फवाट कर्णाली प्रदेशमा गर्न सकिने काम र आफ्नो दक्षता वारेमा जानकारी दिदै ब्यवसायीले यस्तो बताएका हुन् ।
पर्यटन क्षेत्रमामा आवद्ध नाटा, टान, हान, नेपाल पर्यटन वोर्ड र अन्य पर्यटन व्यवसायि सँग भएको छलफलमा व्यवसाय संचालमा सवैभन्दा कठिनकाम भनेको जग्गाको उपलव्धता र सुरक्षा भएकाले यदि सरकारले यो काममा सहयोग गरेमा आफुहरm छिटो भन्दा छिटो कर्णाली आउन सक्ने हानका अध्यक्षले बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह वुढाले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि सरकारले व्यवसायमैत्री नीति लिने भएकाले सरोकारवालालाई छिटो भन्दा छिटो कर्णाली प्रदेशमा जाने सोच बनाउन निर्देशन दिनुभयो । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले व्यवसायिको सक्रिय सहभागिता बिना सरकार एक्लैले पर्यटनमा खासै सुधार ल्याउन नसक्ने भएकाले आफु व्यवसायिलाई निम्तो दिन आएको जानकारी गराउनु भयो ।
त्यस्तै सामाजिक विकास मन्त्री दल रावलले विविधताले भरीपूर्ण कर्णालीको विकासको लागि व्यवसायिक वातावरण बनाउन प्रदेश सरकार तयार रहेकाले विश्व पर्यटन बजारका साझेदारलाई कर्णालीका बारे जानकारी दिन नेपालका व्यसायीहरm जुट्नु पर्नेमा जोडदिनुभयो ।
करिव १५ भन्दा वढि पर्यटन संग सम्वन्धीत व्यवसायीका संघ संगठनको उपस्थिति रहेको कार्यक्रममा कर्णाली सरकारको तर्फवाट रारा कर्णाली भ्रमण वर्ष २०७५ को अवधारणा प्रस्तुत् गरीएको थियो ।



Milan Shrestha । ५ चैत्र २०७४, सोमबार ११:१६ बजे