पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई दिने निर्णय


२१ भदौ, काठमाडौं ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई नै दिने निर्णय गरेको छ ।

बिहीबार बसेको बैठकले स्थानीय तहलाई नै पुनर्निर्माणको जिम्मा दिने र जिल्ला तहबाट अनुगमन गर्ने निर्णय गरेको हो । साथै घर निर्माणका क्रममा रहेकाहरुको तेस्रो किस्ता यही वर्षभित्र दिइने सीईओ सुशील ज्ञवालीले बताए । अनलाइनखबरबाट